
विभिन्न विधाका उत्कृष्ट विद्यार्थी पुरस्कृत
एभरेष्ट इञ्जिनियरिङ्ग कलेजले आज स्वागत तथा बिदाइ कार्यक्रमको आयोजना गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रममा पहिलो सेमेस्टरका बिद्यार्थीहरुलाई स्वागत तथा अन्तिम सेमेस्टरमा बिद्यार्थीहरुलाई बिदाइ गरिएको हो।
उक्त कार्यक्रमको अवसरमा प्रोजेक्ट, सेमेस्टर टपर, अतिरिक्त क्रियाकलाप् जस्ता विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो। ललितपुरको सानेपा स्थित एभरेष्ट इञ्जिनियरिङ्ग कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नीजी कलेज हो। सिभिल, कम्प्युटर, आइटी र सफ्टवेयर बिषयमा स्नात्तक तहमा इञ्जिनियरिङ्ग अध्ययन गराउदै आएको एभरेष्ट कलेज पछिल्लो केही समय यता विद्यार्थीको उत्कृष्ट गन्तव्य बन्दै आएको छ।
Click the link : abcdkhabar